Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनाले एक जनाको मृत्यु भएपछि बुङमतिमा आवागमन प्रतिबन्ध !

कोरोनाले एक जनाको मृत्यु भएपछि बुङमतिमा आवागमन प्रतिबन्ध !

दैनिकी न्यूज

१६, जेठ २०७७
कोरोनाले एक जनाको मृत्यु भएपछि बुङमतिमा आवागमन प्रतिबन्ध !
images

ललितपुर, जेठ १६ । कोरोना संक्रमणले एक जनाको मृत्यु भएपछि वडा कार्यालय र प्रहरीले सयुक्त रुपमा ललितपुर महानगरपालिका २२ बुङमतिमा आवागमन प्रतिबन्ध लगाएको छ । एक टोलबाट अन्य टोल समेत जान रोक लगाइएको वडाध्यक्ष अम्बिराज शाक्यले जानकारी दिए । बुङमतिको शहरी तथा बाक्लो बस्ती भएका क्षेत्रमा विशेष कडाइ गरिएको उनले बताए ।

अत्यावश्यक र खाद्यान्न पसल बाहेक अरु खोल्न नदिइको दैनिकीन्युजलाई उनले बताए । बुङमति क्षेत्रमा नयाँ मान्छेलाई प्रवेश रोक लगाइएको महानगरीय प्रहरी प्रभाग बुङगमतीका प्रहरी निरीक्षक सुजित ओझाले बताए । ‘मृतकका आफन्तलाई अरुसँग भेट नगर्न भनिएको छ,’ ओझाले दैनिकीन्युजसँग भने, ‘यस क्षेत्रका पसलहरु पनि विहान ७ बजे ९ बजेसम्म मात्र खोल्न दिइनेछ ।’

बुधबार सो क्षेत्रका ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमण भएर इमाडोलेस्थित किष्ट हस्पिटलमा मृत्यु भएको थियो । मृतकका घरमा दुई छोरी र पत्नी रहेका छन् । अन्य चार छोरी भने विवाह गरिसकेका छन् । यसैबीच मृतकका आफन्तलाई क्वारेन्टिनमा राखिएको छ । मृतकका आफन्तहरुको स्वाव समेत संकलन गरिसकिएको उनले जानकारी दिए ।

‘मृतकसँग अस्पतालमा रहेका तीन जना ज्वाइँहरुलाई बिहीबारबाट सातदोवाटोस्थित एन्फाको क्वारेन्टाइनमा राखिएको छ’, शाक्यले थपे, ‘तीनैजनाको शुक्रबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब सङ्कलन गरेर राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।’ मृतकलाई कोरोना कहाँबाट सरेको हुनसक्छ भन्ने बारेमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेको शाक्यले बताए ।

मृतकको अन्य परिवार भने आफ्नै घरको सेल्फ क्वारेन्टिनमा बसिरहेका छन् । मृतकको सम्पर्कमा को–को आएका थिए ? त्यसको लागि कन्टयाक ट्रेसिङ गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । ‘हाल २५ देखि ३० जना व्यक्ति सेल्फ क्वोरेन्टिनमा बसिरहेका छन्, अरुबारे पनि बुझने काम भइरहेको छ, गेलालले भने ।

यो पनि पढ्नुहोस

विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु

 

 

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १८:३७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology