काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज सुन प्रतिदश ग्राम २ लाख २३ हजार ६८० रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ८९८ रुपैयाँमा कारोबार भइरहेको छ ।