Logo

बिहिवार, मंसिर ४ गते २०८३

images

श्रमिक ठगीको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ प क्राउ

श्रमिक ठगीको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ प क्राउ

दैनिकी न्यूज

४, मंसिर २०८३
श्रमिक ठगीको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ प क्राउ
images

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी ठगी तथा संगठित अपराध गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना प क्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका पूर्वसचिव तथा उच्चपदस्थ कर्मचारी रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अघि बढाइएको अनुसन्धानका क्रममा उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ ।

अनुसन्धानका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलित रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन गरिएको आरोप छ ।

सम्झौताको दायरा तथा कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय गरिएको अनुसन्धानमा आरोप लगाइएको छ । उक्त कार्यले मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल प्रभाव पारेको र संगठित समूहलाई आर्थिक लाभ पुर्‍याएको आशंका गरिएको छ ।

त्यस्तै, जिम्मेवार पदमा रहेका व्यक्तिहरूले श्रमिकमाथि भइरहेको कथित संगठित ठगी रोक्न आवश्यक कानुनी कदम नचालेको तथा आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत काम गरेको आरोपसमेत लगाइएको छ ।

प क्राउ पर्नेहरूमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर, पूर्वश्रममन्त्री रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०८३ बिहिवार - ०९:११:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology