Logo

बिहिवार, मंसिर ४ गते २०८३

images

स्रोत नखुलेको नगद सहित तीन जना ललितपुरबाट पक्राउ

स्रोत नखुलेको नगद सहित तीन जना ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

३, मंसिर २०८३
स्रोत नखुलेको नगद सहित तीन जना ललितपुरबाट पक्राउ
images

ललितपुर ।ललितपुर महानगरपालिका वडा नं. ४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका वडा नं. १० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका वडा नं. ३ घर भएका ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०८३ बुधवार - ११:२३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology