Logo

सोमवार, मंसिर ८ गते २०८३

images

यी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

यी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

७, मंसिर २०८३
यी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोसी प्रदेशसहित देशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा छ ।

आइतबार दिउँसो मधेस, कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोसी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आइतबार राति देशका हिमाली भू–भाग, कोसी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

images
प्रकाशित मिति :मंसिर ७, २०८३ आइतवार - ०७:२२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology