Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने ईभी ल्याब इम्पेरियल इन्जिनियरिङ कलेजमा

पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने ईभी ल्याब इम्पेरियल इन्जिनियरिङ कलेजमा

दैनिकी न्यूज

१९, श्रावण २०८३
पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने ईभी ल्याब इम्पेरियल इन्जिनियरिङ कलेजमा
images

भक्तपुर । भक्तपुरको ताथलीस्थित इम्पेरियल कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रदेखि पेट्रोलियम इन्जिनबाट चल्ने सवारीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्ने प्रयोगात्मक ईभी ल्याब सञ्चालनमा ल्याउने भएको छ।

कलेजले स्थापना गर्न लागेको उक्त ल्याबमा विद्यार्थीहरूले मोटर, कन्ट्रोलर, ब्याट्री प्याक, ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जडान, परीक्षण तथा पेट्रोलियम इन्जिनलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने व्यवहारिक सीप हासिल गर्ने अवसर पाउनेछन्।

ल्याब इन्चार्ज सुरेश सिंहका अनुसार यो प्रयोगशालालाई शैक्षिक अभ्यासमा मात्र सीमित नराखी भविष्यमा सर्वसाधारणका सवारी साधनलाई व्यावसायिक रूपमा विद्युतीय सवारीमा रूपान्तरण गर्ने सेवा सञ्चालन गर्ने योजना पनि कलेजले अघि सारेको छ।

उनका अनुसार ईभी ल्याबले विद्यार्थीलाई कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्नुका साथै उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा नयाँ रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैबीच, कलेजले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमका लागि भर्ना पनि खुला गरेको छ। कलेजमा बीई सिभिलतर्फ ९६ सिट, बीई कम्प्युटर इन्जिनियरिङतर्फ ४८ सिट र बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ ४८ सिटमा विद्यार्थी भर्ना गरिने जनाएको छ।

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको हरियाली परिसर, छात्र–छात्रावास, काठमाडौं उपत्यकाभर यातायात सुविधा, कलेज परिसरभित्रै फुटसल मैदान, डिजिटल ट्विन टेक्नोलोजी र ईभी ल्याब जस्ता आधुनिक पूर्वाधारका कारण इम्पेरियल कलेज अफ इन्जिनियरिङ विद्यार्थीहरूको रोजाइ बन्दै गएको कलेजले जनाएको छ। नयाँ व्यवस्थापन टोलीले प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित विभिन्न नवीन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - ०७:०४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology