Logo

सोमवार, भाद्र २९ गते २०८३

images

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा

दैनिकी न्यूज

२९, भाद्र २०८३
सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा
images

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैठकले कम्पनीको गत आवको वित्तीय विवरण पारित गर्दै चुक्तापूँजीका आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको हालको चुक्तापूँजी रु। ३४ करोड रहेको छ। सोही चुक्तापूँजीको १० प्रतिशतका दरले रु। ३ करोड ४० लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि सेयरधनीलाई रु. १७ लाख ८९ हजार ४७४ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १४:००:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology