Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

गोदावरी महोत्सव असोज २३–२४ मा, आम्दानी भोटेकोशीका बाढीपीडितको अस्थायी आवासमा

गोदावरी महोत्सव असोज २३–२४ मा, आम्दानी भोटेकोशीका बाढीपीडितको अस्थायी आवासमा

दैनिकी न्यूज

७, आश्विन २०८३
गोदावरी महोत्सव असोज २३–२४ मा, आम्दानी भोटेकोशीका बाढीपीडितको अस्थायी आवासमा
images

ललितपुर । पर्यटन प्रवर्द्धनसँगै विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ललितपुरको गोदावरीमा दुईदिने ‘गोदावरी महोत्सव’ आयोजना हुने भएको छ।

महोत्सव असोज २३ र २४ गते गोदावरीमा सञ्चालन हुनेछ। महोत्सव आयोजना गर्न क्रमशः इन्टरटेन्मेन्टले बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट स्वीकृति लिएको आयोजक संस्थाका प्रमुख सन्दिप महर्जनले जानकारी दिए।

महर्जनका अनुसार गोदावरीको पर्यटन सम्भावनालाई थप उजागर गर्दै स्थानीय कला, संस्कृति, खानपान र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

‘महोत्सव केवल मनोरञ्जनका लागि मात्रै होइन, विपद्मा परेका परिवारलाई सहयोग गर्ने अभियान पनि हो,’ महर्जनले भने, ‘महोत्सवबाट उठेको रकम भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणमा प्रयोग गर्नेछौँ।’

केही समयअघि आएको बाढीपहिरोका कारण भोटेकोशी क्षेत्रका धेरै परिवार प्रभावित भएका छन्। घर तथा आवासमा क्षति पुगेपछि अस्थायी बसोबासको समस्या भोगिरहेका परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले महोत्सवको आम्दानी राहतका रूपमा प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहनेछन्। स्थानीय कलाकार तथा सांस्कृतिक समूहका प्रस्तुति महोत्सवका मुख्य आकर्षण हुने आयोजकको भनाइ छ।

त्यसैगरी महोत्सव परिसरमा स्थानीय खानाका परिकार तथा स्थानीय उत्पादनका विभिन्न स्टलसमेत राखिनेछन्। यसले गोदावरीका स्थानीय उत्पादन तथा परम्परागत खानालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

आयोजकले महोत्सवलाई गोदावरीको पर्यटन, स्थानीय संस्कृति र उत्पादनसँग जोड्दै सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउने जनाएको छ।

महोत्सवमा सहभागी हुने दर्शकको मनोरञ्जनसँगै उनीहरूले खर्च गरेको रकमको एउटा हिस्सा विपद्मा परेका परिवारको अस्थायी आवास निर्माणमा पुग्ने भएकाले महोत्सवलाई पर्यटन र मानवीय सहयोगलाई जोड्ने अवसरका रूपमा हेरिएको छ।

images
प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - १९:३०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology