Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

पूर्वप्रधानन्यायाधीश जबरा प क्राउ, घरबाटै नियन्त्रणमा

पूर्वप्रधानन्यायाधीश जबरा प क्राउ, घरबाटै नियन्त्रणमा

दैनिकी न्यूज

११, आश्विन २०८३
पूर्वप्रधानन्यायाधीश जबरा प क्राउ, घरबाटै नियन्त्रणमा
images

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति उनलाई महाराजगन्जस्थित निवासबाटै प क्राउ गरेको हो।

जबराविरुद्ध परेको उजुरीका आधारमा उनलाई प क्राउ गरिएको बताइए पनि उजुरीमा उल्लेख भएका विषयबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालकै क्रममा २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। प्रस्ताव टुंगोमा नपुग्दै उनको कार्यकाल समाप्त भएको थियो। त्यस अवधिमा उनी सर्वोच्च अदालतमा फर्किन सकेनन्।

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - ०७:३६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology