Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक घाइते

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक घाइते

दैनिकी न्यूज

१८, कार्तिक २०८३
सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक घाइते
images

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आज बिहान ८ बजेर ११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ ।

हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८३ मंगलवार - ०९:३३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology