Logo

सोमवार, आश्विन १९ गते २०८३

images

तीन दिन भारी वर्षाको सम्भावना, यी प्रदेशमा अति भारी वर्षा र हावाहुरीको चेतावनी

तीन दिन भारी वर्षाको सम्भावना, यी प्रदेशमा अति भारी वर्षा र हावाहुरीको चेतावनी

दैनिकी न्यूज

८, आश्विन २०८३
तीन दिन भारी वर्षाको सम्भावना, यी प्रदेशमा अति भारी वर्षा र हावाहुरीको चेतावनी
images

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव छ। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र भारतको आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरिसकेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमान छ।

बिहीबार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। मधेससहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।

शुक्रबार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। ती प्रदेशका तराई क्षेत्रमा हावाहुरी पनि चल्न सक्नेछ।

शुक्रबार राति देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ।

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

शनिबार दिउँसो मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्नेछ।

शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।

महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - ०८:५६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology