Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि

दैनिकी न्यूज

१५, जेठ २०७७
कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि
images

ललितपुर जेठ १५ । कोरोना संक्रमणबाट मृत्यु भएका ललितपुर बुंगमतीका ५७ वर्षीय व्यक्तिको पशुपति आर्यघाटको विद्युतीय शवगृहमा अन्त्येष्टि हुने भएको छ । शव व्यवस्थापन नेपाली सेनाले गर्दैछ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार अन्त्येष्टिको जिम्मा नेपाली सेनाको राजदल गणलाई दिइएको छ ।

शव व्यवस्थापनका लागि विहीबार जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्लाका जनप्रतिनिधि लगायतको बैठक बसेको थियो । सोही बैठकले सुरक्षित रुपमा शवको व्यवस्थापन गर्ने निर्णय गरेको सहायक प्रजिअ भुसालले जानकारी दिए ।

उनले भने, ‘गाउँ, टोल, हस्पिटल र सम्पर्कमा आएका मानिसको यात्रा विवरणसहित परीक्षण गर्ने जिम्मेवारी जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिएको छ, त्यसको नेतृत्व डा. खगेश्वर गेलालले गर्नुहुनेछ ।'

केहिबेरपछि पीपीइ सेट लगाएको तालिम प्राप्त सेनाको टोलीले शवलाई किस्ट अस्पतालबाट पशुपति आर्यघाट लैजाने महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय लतिपुरका प्रमुख डा. खगेश्वर गेलालले मृतक परिवारका सबैको विवरण संकलन भइरहेको बताए । ‘मृतकलाई कहाँबाट कोरोना सर्‍यो ? बिरामी हुनुअघि कहाँ–कहाँ गएका थिए ? सबै विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ गेलालले भने ।

ललितपुर महानगरपालिका २२ बुंगमतीका ५७ वर्षीय पुरुषको किस्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको थियो ।

यो पनि पढ्नुहोस

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १४:५२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology