Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

दैनिकी न्यूज

१५, जेठ २०७७
ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील
images

ललितपुर, जेठ १५ । कोरोना भाइरस कोभिड–१९ का कारण ललितपुरमा मृत्यु भएका ५७ वर्षीय व्यक्तिको शव व्यवस्थापनको तयारी गरिएको छ ।
इमाडोलमा रहेको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती व्यक्तिको शव अस्पतालको शवगृहमा राखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले शव व्यवस्थापनको लागि समन्वय भइरहेको बताए ।
‘शव व्यवस्थापनको लागि सुरक्षानिकायसँग समन्वय भैरहेको छ,’ गेलालले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्तिको मृत्युबारे औपचारिक पुष्टि नगरेकोले शव व्यवस्थापनका लागि मन्त्रालयको निर्णय आवश्यक पर्ने उनले बताए ।

यसैबीच बुगंमती २२ का ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टिनमा पठाइएको छ ।
अस्पतालमा सुरक्षा व्यवस्था र सावधानी अपनाइएको छ । किस्ट मेडिकल कलेजको नयाँ भवनको पाँचौ तल्लामा रहेको एमआईसी कक्ष सिल गरिएको छ ।
त्यहाँ कार्यरत डाक्टर, नर्सहरुलाई बाहिर जान नदिएको प्रशासनका एक कर्मचारीले बताए । उनका अनुसार गेटबाट मानिसहरुको आवज जावत पूर्ण रुपमा बन्द गरिएको छ । कर्मचारीको सिफ्ट परिवर्तन समेत विहीबार गरिएको छैन ।

अस्पताललाई सील भने नगर्ने महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताए ।
हस्पिटल सील गर्ने भन्दा पनि व्यवस्थित गर्नेतर्फ लागेका छौं, उनले भने ।

बुगंमतीमा रहेका उनका परिवार र विरामीको कुरुवाहरुलाई होम क्वारेन्टाइनमा बस्न भनिएको महानगरीय प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षण सुजित ओझाले बताए । मृतक परिवारका सबैको विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

मृतकलाई कहाँबाट कोरोना सर्यो ? उनी विरामी हुनुअघि कहाँ कहाँ गएका थिए ? उनको यात्रा विवरण संकलन गर्न प्रहरीले बुधबार बेलुकादेखि सुरु गरेको छ ।

ललितपुर महानगरपालिका २२ बुंगमतीका ५७ वर्षीय पुरुषको किस्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो। सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ।

यो पनि पढ्नुहोस

ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु


images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०८:५०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology