Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि

विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि

दैनिकी न्यूज

१५, जेठ २०७७
विद्युतीय शव गृहमा गरियो बुङमतीका कोरोना संक्रमितको अन्त्येष्टि
images

ललितपुर, जेठ १५ । किष्ट अस्पतालमा बुधबार कोरोना संक्रमणका कारण मृत्यु भएका ५७ वर्षिय पुरुषको अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिएको छ ।

death corona.jpg

शव व्यवस्थापन गर्न एन्फामा रहेको कोभिड एम्बुलेन्ससहितको टोली किष्ट अस्पताल गएको थियो । पशुपती विकास कोषको ट्रकलाई मोडीफाइड गरेर राजदल गणले शब बहानको रुपमा प्रयोग गरिएको छ ।

corona death 1.jpg

उनको शवलाई कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार सुरक्षित रुपले दाहसंस्कार गरिएको सेनाले जनाएको छ ।

corona d.jpg

नेपाली सेना राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटा, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधान, महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मासहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोली किष्ट अस्पताल पुगेका थिए ।

corona death 2.jpg

दाहसंस्कारमा सहभागीहरुले मास्क लगायत कोरोना संक्रमणबाट जोगिन पिपिइ लगायतका उपकरण लगाएका थिए ।

death corona.jpg

ललितपुर महानगरपालिका २२ बुंगमतीका ५७ वर्षीय पुरुषको किस्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको थियो ।

 

यो पनि पढ्नुहोस

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५७ वर्षीय व्यक्तिको यसरी हुँदैछ अन्त्येष्टि

ललितपुरमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा कहाँबाट सर्यो कोरोना ? किस्ट अस्पतालको भवन सील

ललितपुरमा कोरोना संक्रमण भएर ५७ वर्षीय पुरुषको मृत्यु

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १८:४३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology