Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशनमा संस्थापन पक्ष हावी, ३ वटामा सर्वसम्मत, ३ मा निर्वाचन

कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशनमा संस्थापन पक्ष हावी, ३ वटामा सर्वसम्मत, ३ मा निर्वाचन

दैनिकी न्यूज

१२, आश्विन २०७८
कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशनमा संस्थापन पक्ष हावी, ३ वटामा सर्वसम्मत, ३ मा निर्वाचन
images

ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा ६ वटा स्थानीय तहको अधिवेशन सोमबार सम्पन्न भएको छ । ३ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महानगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

गोदावरी नगरपालिका, वागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले जनाएको छ ।

गोदावरी नगरपालिकाको सभापति प्रदीप जोशी, उपसभापतिमा कवि बस्नेत, राजेशध्वज कार्की, सचिवमा उपेन्द्र आचार्य, राजेन्द्र महर्जन सह–सचिवमा बसन्तराम डंगोल र ज्ञानबहादुर थिङ सर्वसम्मन चुनिएका छन् ।

त्यस्तै वागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लोप्चन, उपसभापतिमा जगत बहादुर लो, ओमप्रसाद तिमल्सिना आकाश, सचिवमा सुजन घिमिरे, डोलकेशर दाहाल, सह–सचिवमा कल्याण लामा, केदारमान भुलुन र कोषाध्यक्षमा बिष्णुबहादुर बस्नेत सर्वसम्मत चुनिएका छन् ।

महांकाल गाँउपालिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै उपसभापतिमा पुरुषोत्तम घिमिरे, ठक्कर प्रसाद घिमिरे, सचिवमा बालकृष्ण तिमल्सिना, बाबुलाल स्याङ्तान, सहसचिवमा केशव सुवेदी र सुभास बजगाई चुनिएका छन् ।

गोदावरी, वागमती र महांकालका सभापतिहरुसंस्थापन निकट हुन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कोञ्जोस्योम गाउँपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो । ललितपुर महानगरपालिकामा सुभानन ध्वाख्वा निर्वाचित भएका छन् । उनले २८२ मत पाए भने अर्का प्रत्यासी गणेशभक्त श्रेष्ठले २२१ प्राप्त गरेको मतदान अधिकृतले जनाए । ध्वाख्वा संस्थापन निकट हुन् । उपसभापतिमा रामकुमारी लिम्बु, निशा महर्जन, सचिवमा राजु ताम्राकार, सुनिल कुमार थापा, सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भएका छन् ।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् । उनले ८२ मतले पाए भने सभापति पदका अर्का उम्मेदवार सुशील खड्काले ८० मत प्राप्त गरे । सभापतिमा निर्वाचित सिलवाल संविधानसभा सदस्य रामकृष्ण चित्रकार निकट हुन् । चित्रकार पछिल्लो समय संस्थापन समूहसँग नजिक छन् । त्यस्तै उपसभापतिमा सुमन के.सी., विवेककुमार कार्की, सचिवमा नन्द के.सी., विष्णुकुमार चन्द, सहसचिवमा सञ्चिता परियार र अवशेष श्रेष्ठ निर्वाचित भएका छन् ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका भने सरोज घलान सभापति पदमा विजयी भएका छन् । घलानले ४५ मत प्राप्त गरे भने अर्का प्रत्यासी जीवन बलले ३७ मत प्राप्त गरेका हुन् । घलान भने पौडेल समूह निकट हुन् । उपसभापतिमा सुरेन्द्र घलान, सत्यमान घिसिङ, सचिवमा श्याम के.सी., नन्दराज भोम्जन, सहसचिवमा बाबुकाजी थिङ र सोमबहादुर गोले निर्वाचित भएका छन् ।

 

यो पनि पढ्नुहोस्

ललितपुर कांग्रेसको गाउँ/नगरपालिका सभापतिका आकाँक्षी : ठेकेदारदेखि जनप्रतिनिधिसम्म

ललितपुर कांग्रेसमा सभापतिका यी हुन आकाँक्षी

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - १५:२०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology