Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन्, सोमबार महालक्ष्मी नगरपालिका देखिएका ५ कोरोना संक्रमित

यी हुन्, सोमबार महालक्ष्मी नगरपालिका देखिएका ५ कोरोना संक्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
यी हुन्, सोमबार महालक्ष्मी नगरपालिका देखिएका ५ कोरोना संक्रमित
images

ललितपुर । सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार महालक्ष्मी नगरपालिकामा ५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेका छन् । संक्रमति मध्ये ३ जना महिला र २ जना पुरुष रहेका छन् ।

कोरोना संक्रमितहरुमा महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु सुन्दरबस्ती बस्ने वर्ष २२ की महिला रहेकी छिन् । उनलाई पाटन हस्पिटलमा पिपिआर परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

त्यस्तै महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुु टाउनप्लानिङ बस्ने वर्ष ३२ की महिला रहेकी छिन ।

अर्का संक्रमितमा महालक्ष्मी–८ लुभु, संखदेवी शबडोल का ४९ वर्षिय पुरुष रहका छन् । उनी विरामी भई वि एण्ड वि हस्पिटलमा उपचार गर्न जाँदा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै अर्का संक्रमितमा मकवानपुर जिल्ला, हेटौंडा घर भई हाल महालक्ष्मी–८ लुभु बस्ने वर्ष ४५ का एक पुरुष रहेका छन् । उनी स्टार हस्पिटल सानेपामा गार्डको रुपमा कार्यरत रहेका छन् ।

त्यस्तै सोमबार थपिएका संक्रमितमा महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर, फुटसलसँगै बस्ने २६ वर्षकी महिला रहेकी छिन् । उनी मेडीसिटी हस्पिटलमा ल्याब टेक्निसियनको रुपमा कार्यरत छन् ।

संक्रमित सबैको स्वास्थ स्थिति सामान्य रहेको छ ।

 

यो पनि पढनुहोस

स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

अल्का हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

आज ललितपुरमा २२ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०८:३६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology