Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित
images

ललितपुर । स्टार हस्पिटलका एक स्टाफ नर्स सहित थप दुई जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

असार १९ गते स्टार हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु स्वाब संकलन गरी पाटन हस्पिटलमा परीक्षण गर्दा कोरोजना पोजिटिभ देखिएको हो ।

संक्रमितहरुमा काठमाडौं जिल्ला, चन्दागिरी नगरपालिका वडा नं. १२ दहचोक बस्ने वर्ष २४ की स्टाफ नर्स, मकवानपुर जिल्ला, हेटौंडा घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु बस्ने ३२ वर्षको गार्ड र ललितपुर महानगरपालिका वडा नं. २५ भैसेपाटी बस्ने वर्ष ४५ की हाउसकिपिङ काम गर्ने महिला रहेको स्वास्थ्य स्रोतले बतायो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०८:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology