Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ललितपुरमा २२ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?

आज ललितपुरमा २२ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?

दैनिकी न्यूज

२२, आषाढ २०७७
आज ललितपुरमा २२ जना कोरोना संक्रमित थपिए, को हुन उनीहरु ?
images

ललितपुर । आज ललितपुरमा २२ जना कोरोना संक्रमित थपिएका छन् । २२ जना थपिएसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

आज थपिएका संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

आज महालक्ष्मी नगरपालिकामा २ महिला र १ पुरुषमा गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यस्तै गोदावरी नगरपालिकामा ३ पुरुष र २ महिलामा गरी ५ कोरोना पोजिटिभ पुष्टि भएको छ ।

यता ललितपुर महानगरपालिकामा ६ पुरुष र ८ महिलामा गरी १४ जना कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस अघि ललितपुरको बुंगमतीको ५७ वर्षिय पुरुष र टीकाथलीको ५० वर्षिय पुरुष कोरोनाका कारण मृत्यू भएको छ ।

संक्रमित सबैलाई दुवाकोट स्थित केएमसी हस्पिटल पठाउने तयारी भैरहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

हेर्नुहोस् सूचि
१. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका वर्ष ३९ को पुरुष
२.ललितपुरका ४८ वर्षको पुरुष
३. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका वर्ष ४९ का पुरुष
४. ललितपुर महानगरपालिका वडा नं. २ सानेपाका वर्ष ३२ को पुरुष
५. ललितपुरका वर्ष ३५ को महिला
६. गोदावरी नगरपालिका वडा १४ ठैवका २२ वर्षका पुरुष
७. गोदावरी नगरपालिका १८ वर्षका पुरुष
८. ललितपुर महानगरपालिका सुनाकोठीका १३ वर्षको पुरुष
९. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका ३२ वर्षको महिला
१०.ललितपुर महानगरपालिका धापाखेलका ४५ वर्षको महिला
११. ललितपुर महानगरपालिका हरिसिद्धिका २० वर्षको महिला
१२. ललितपुर मेडिसिटीका ५८ वर्षका पुरुष
१३. ललितपुर महानगरपालिका सुनाकोठीका ३२ वर्षको महिला
१४. महालक्ष्मी नगरपालिकाका २६ वर्षको महिला
१५. ललितपुर महानगरपालिका हरिसिद्धका ३७ वर्षको महिला
१६. गोदावरीका १९ वर्षको पुरुष
१७.ललितपुर महानगरपालिका हात्तीवन ४८ वर्षको महिला
१८. ललितपुर महानगरपालिका बुंगमतीका ४५ वर्षिय पुरुष
१९. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २७ वर्षको पुरुष
२०. ललितपुर महानगरपालिका भैसेपाटीका ९ वर्षको पुरुष
२१. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २५ वर्षको महिला
२२. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका १८ वर्षको महिला

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १७:००:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology