काठमाडौं । नेपाली ध्वजावाहक हवाई कम्पनी नेपाल वायुसेवा निगममा कार्यरत एक पाइलटले अवकास पाइसकेको दुई वर्ष हुँदा पनि दुईवटा नागरिकता भएकैले उडान भरिरहेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । पाइलट गोपाल सिंहले दुईवटा नागरिकताको आधारमा बिमान उडाइरहेको एक कर्मचारीले बताए ।
मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलकै कारण निगममा अवकास पाइसकेका उनी अझै काममै रहेको ती कर्मचारीले आरोप लगाए ।
पाइलट सिंहको उडान अनुमतिपत्र र अवकास लिनको लागि भर्ने कागजातमा दुईथरीको जन्ममिति छ । उनीसंग दुईवटा नागरिकता भएकै कारण उनको कागजातमा दुईथरी जन्ममिति राखिएको दैनिकीन्युजको सम्पर्कमा आएका ती कर्मचारीले दाबी गरे ।
पहिलो जन्ममिति अनुसार सिंहले २०७५ मै अवकास पाइसकेका थिए र त्यतिबेला निगमले विज्ञप्ति पनि जारी गरेको थियो । तर, उनले हालसम्म पनि निगममा उडान भर्दै आइरहेका छन् । दोस्रो जन्ममिति अनुसार नै उनले निगममा काम गर्दै आइरहेको उनले बताए । ‘अवकाश पाईसकेका पाइलटले कसरी उडान भरेको छ ? यसबारेमा निगमको मानव संसाधन विभागले ख्याल राख्नु पर्दैन ?,’ ती कर्ममचारीले भने, दुई वर्ष फरक पारेर नागरिकता बनाएको प्रमाण भेटाउँदा पनि कुनै कारबाही नहुनु दुःखद कुरा हो ।’
निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धि नियमावली २०५८ को विनियम (६३) अनुसार सिंहले उमेर हदका कारण २०७५ मै अवकाश पाइसक्नुपर्ने हो ।
उनले अवकास पाउने चिठीमा सन् १९६१ र पासपोर्ट तथा नागरिकता अनुसार जन्ममिति फरक परेको छ । दुईवटा नागरिकता अनुसार सन् १९६१ र सन १९६३ जन्ममिति राखिएको छ । उनले निगमको कार्यालयमा पेस गरेका कागजातको आधारमा निगमले अन्य कार्यालयबाट दिने कागजात दिन्छ । जसमा दुईवटा जन्ममिति खुलस्त देखिएको छ ।
यसबारेमा निगमको मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलले प्रक्रिया पुगेकै कारण सिंहले उडान भर्दै आइरहेको बताए । उनले भने, ‘कागजातको त्रुटि होला तर त्यो फेक होइन, यदी यसो हो भने आजसम्म केहि कारबाही त हुन्थ्यो होला नि ?’
सिग्देलले आफ्नो सबैखाले कागजात मिलेकोे दाबी गरेतापनि दैनिकीन्युजले फेला पारेको कागजातमा भने त्यस्तो देखिदैन । अवकासपछि उडान भर्नै नहुने भन्ने होइन, तर दुईवटा जन्ममिति राख्न नेपालको कानुनले नदिने कानुनविद बताउँछन् ।
यो पनि पढ्नुहोस
आफ्ना दक्ष पाइलटलाई बेवास्ता गर्दै विदेशीलाई प्राथमिकता