Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वायुसेवा निगमका पाइलट शेरचनको बढुवा रोकियो

वायुसेवा निगमका पाइलट शेरचनको बढुवा रोकियो

दैनिकी न्यूज

६, आषाढ २०७७
वायुसेवा निगमका पाइलट शेरचनको बढुवा रोकियो
images

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट रबीन्द्र कुमार शेरचनको दशौं तहको बढुवा पद रोकिएको छ । उनका अनेकौ कान्ड र वदमासी भेटाएपछि निगम सञ्चालक समितिको बैठकले ‘होल्ड’मा राखेको हो ।

गैरकानुनी ढंगले शेरचनको बढुवा भएका थिए । उनीभन्दा वरिष्ठ पाइलटहरु धेरै छ्न । उनीहरूले विरोध गर्दै कारबाहीको माग गरेका थिए । सो समाचार दैनिकी न्युजमा पनि छापिएको थियो ।

त्यसपछि निगमका कार्यकारी अध्यक्ष शुशील घिमिरेले बोर्ड वैठक डाकेका थिए । बैठकमा शेरचन उपस्थित नै भएनन् । आफ्न काण्ड कोट्याउलान भन्ने लाजले उनी उपस्थिति भएका थिएनन् ।

सो वैठकमा शेरचनलाई बढुवा गरिसकेको दशौं तहको पद हाललाई रिक्त राखेको छ । अब शेरचनले पुरानै पदको काम गर्नुपर्ने छ । तर एक महिनायता शेरचन गरमै गुप्तबास बसेका छन ।

कार्यालयमै नआई शेरचनले भित्र भित्रै बदमासी गर्दै आएका थिए । निगमकी प्रवक्ता अर्चना खड्काले हाललाई शेरचनको बढुवा स्थगित गरिएको बताइन । उनले पनि शेरचनको काम बदमासी पुर्बक रहेको उजुरी परेको वताइन । उनलाई पुरानै जिम्मेवारी दिइएको बताइन् । शेरचनमाथि परेको निवेदनका आधारमा सञ्चालक समितिले अध्ययन गरिरहेको छ । निस्पक्ष छानबिन भयो भने शेरचन कानुनी कारवाहिमा स्वतः पर्छन् । तर उनीमाथि कारवाही हुने नहुनेमा सङ्का छ । किनकी शेरचनले अन्य धेरैलाई आर्थिक प्रलोभनमा पारेका छन ।

निगम सञ्चालक समितिका सदस्य अच्युत कृष्ण पहाडीले अरु पाइलटले फारम नभरेकाले शेरचन एक्लैलाई दाउ परेको बताए । उनले भने, ‘मान्छे फटाह भएपनि भाग्यमानी रहेछन, त्यती कान्ड गर्दागर्दै पनि यत्रो पद खोस्दै छ्न, उनले भने ।

यो पनि पढ्नुहोस

काण्डैकाण्डको पोखरीमा वायुसेवा निगमका निर्देशक शेरचन

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - २२:००:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology