Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा एकैदिन देखिएका १८ संक्रमितको विवरण सरकारले लुकायो

ललितपुरमा एकैदिन देखिएका १८ संक्रमितको विवरण सरकारले लुकायो

दैनिकी न्यूज

२६, आषाढ २०७७
ललितपुरमा एकैदिन देखिएका १८ संक्रमितको विवरण सरकारले लुकायो
images

ललितपुर । सरकारले ललितपुरमा देखिएका कोरोना संक्रमित व्यक्तिहरुको तथ्यांक लुकाएको पाइएको छ ।

जिल्लामा बिहीबार एकैदिन १८ जना संक्रमित पुष्टि भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले विहीबार गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको थिएन । मन्त्रालयले बिहीबार ललितपुरमा कुनै संक्रमित फेला नपरेको जनाएको थियो ।

पछिल्लो २४ घण्टामा थप भएका संक्रमितको बारेमा मात्रै जानकारी दिने र मन्त्रालयमा विवरण प्राप्त नभएको हुनसक्ने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।

महालक्ष्मी नगरपालिको लुभु, टीकाथली, इमाडोल, सिद्धिपुर लगायतका स्थानमा १२ जना कोरोना संक्रमित भेटिएको विवरण दैनिकीन्युजले विहीबार नै फेला पारेको थियो ।

यस्तै ललितपुर महानगरपालिकामा २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उता इमाडोलमा रहेको किस्ट मेडिकल कलेज, अस्पतालमा रहेका ४ जनामा कोरोना संक्रमण रहेको र उनीहरुलाई आइसोलेसनमा उपचार गरिएको अस्पताल स्रोतले पुष्टि गरेको थियो । उनीहरु सबैको संक्रमण पुष्टि बुधबार बेलुका नै भएको र सोबारे मन्त्रालयलाई जानकारी गराएर विहीबार ९ बजे सम्बन्धित व्यक्तिको आफन्तलाई समेत खबर गराइसकिएको प्रहरी उच्च स्रोतले जनायो ।

daidd.jpg

पाटन अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका एक युवाको मृत्यु भएको र उनमा कोरोना संक्रमण रहेको विवरण पनि मन्त्रालयले सार्वजनिक गरेको छैन ।

पछिल्ला दिन जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए ।

संख्या ह्वात्तै बढेको छ, कोभिड पोजिटिभ केस देखिएको विवरण हामीले क्वीक मन्त्रालयलाई अपडेट गराउँछौं, शर्माले भने ।

विहीबार एकैदिन देखिएका १८ जना संक्रमितको विवरण मन्त्रालयले सार्वजनिक नगरेपछि उनीहरुका आफन्त भने तनावमा छन् । अस्पतालले पोजिटिभ देखियो भनेर आइसोलेसनमा राखेको छ, कोरोना संक्रमतिका एक आफन्तले भने, अहिलेसम्म मन्त्रालयले पुष्टि गरेको छैन, हामीलाई यथार्थ कुरा थाहा नपाएर थप तनाव भयो ।

यसअघि पनि वागमती गाउँपालिकाका एक युवामा संक्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको थिएन उनी अहिले आइसोलेसनमा छन् ।

1.jpg

 

यो पनि पढ्नुहोस

महालक्ष्मी नगरपालिका ललितपुरको कोरोनाको हटस्पट, आज १२ जना देखिए

किस्ट अस्पतालका चार जना विरामीमा देखियो कोरोना, संक्रमित सबै ललितपुरका (सूचिसहित)

पाटन हस्पिटलमा कोरोनाबाट सिन्धुपाल्चोकका एक युवकको मृत्यू

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - ०८:२५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology