ललितपुर । नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा यही असोज ९ गते गाउँ/नगर अधिवेशन गर्ने तयारी गरे पनि ललितपुरमा भने अधिवेशन सरेको छ। यही असोज ११ गते गाउँ/नगर अधिवेशन गरिने ललितपुर नेपाली कांग्रेसले जनाएको छ।
सभापति मदनबहादुर अमात्यले असोज ७ गते सूचना निकालेर असोज ९ मा हुने भनिएको गाउँ/नगर अधिवेशन असोज ११ का लागि सारिएको उल्लेख गरेका छन्।
ललितपुर जिल्लाका ७१ वटै वडाको वडा अधिवेशन भइसकेको छ।
गाउँ/नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुन्छन्। उनीहरूमध्येबाट नै गाउँ/नगर कार्यसमिति गठन हुनेछ।
ललितपुर कांग्रेसको गाउँ/नगरपालिका सभापतिका आकाँक्षी : ठेकेदारदेखि जनप्रतिनिधिसम्म