Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार ललितपुरमा ५ जना कोरोना संक्रमित थपिए

आइतबार ललितपुरमा ५ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२५, श्रावण २०७७
आइतबार ललितपुरमा ५ जना कोरोना संक्रमित थपिए
images

ललितपुर । आइतबार ललितपुरको २ स्थानीय तहमा ५ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । ललितपुर महानगरपालिकाका ४ र महालक्ष्मी नगरपालिकाका १ जनामा कोरोना संक्रमित भएको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।

आइतबार ललितपुर महानगरपालिकाका १८ वर्षका पुरुष, २९ वर्षका पुरुष, १८ वर्षका पुरुष, ३८ वर्षका पुरुष रहेका छन् । २९ वर्षका पुरुष ललितपुरका स्थायी बासिन्दा हुन् । अन्य अस्थायी बासिन्दा हुन् । त्यस्तै महालक्ष्मी नगरपालिका २५ दिनका बालक अस्थायी बासिन्दा रहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

1.jpg

योसँगै ललितपुरमा हालसम्म १५७ जना कोरोना संक्रमित भएका छन्, पुरुष १०६ र महिला ५१ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - २३:३३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology