ललितपुर । शनिबार शुक्रबार ललितपुरको २ स्थानीय तहमा १२ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । ललितपुर महानगरपालिकाका १० र दोवारी नगरपालिाकाका १ जनामा कोरोना संक्रमित भएको स्वास्थ कार्यालय ललितपुरले जनाएको छ ।
शनिबार भेटिएका ललितपुर महानगरपालिकाका २४ वर्षका महिला, ३५ वर्षका पुरुष, २६ वर्षका पुरुष, २७ वर्षका महिला, २८ वर्षका पुरुष, २१ वर्षका महिला, २० वर्षका पुरुष, २७ वर्षका महिला, ३३ वर्षका पुरुष, ३१ वर्षका पुरुा, ३५ वर्षका पुरुष रहेका छन् । त्यस्तै गोदावरी नगरपालिका वडा नं. ८, डुकुछापका ६९ वर्षका पुरुष पनि कोरोना संक्रमित भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा हालसम्म १५२ जना कोरोना संक्रमित भएका छन्, पुरुष १०१ र महिला ५१ जना रहेका छन् ।
ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।
