ललितपुर। ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालीका सुन्धारा बस्ने ५१ वर्षका पुरुषमा कोरोना देखिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
सानेपामा रहेको स्टार हस्पिटलमा ती पुरुषको पिसिआर परीक्षण गरिएको र पोजिटिभ देखिएको अस्पताल प्रशासन स्रोतले दैनिकीन्युजलाइ जानकारी दियो ।
'आज बिहान पौने १२ बजे ललितपुर महानगरपालिकाका ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ, उनको स्वास्थ्य अवस्था सामान्य छ', स्रोतले भन्यो ।
शुपनि ललितपुर महानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो दिन जिल्लाकै स्थानीयमा संक्रमण देखिन थालेको छ ।