Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आफ्नै बाबुको हत्या गरेको अभियोगमा छम्पीका सन्तोष पक्राउ

आफ्नै बाबुको हत्या गरेको अभियोगमा छम्पीका सन्तोष पक्राउ

दैनिकी न्यूज

१८, श्रावण २०७७
आफ्नै बाबुको हत्या गरेको अभियोगमा छम्पीका सन्तोष पक्राउ
images

ललितपुर । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको भन्ने जानकारी प्राप्त हुनासाथ कुटपिट गर्ने सन्तोष नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले बताए ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १२:४४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology