काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन ।
संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । त्यस्तै वीरगन्ज स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ५ थसिखेल बस्ने वर्ष ६५ को एक महिलाको पनि आज निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६ पुगेको छ ।