काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । शुरुमा ४ जनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो ।
योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको छ । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।