स्याङ्जा । कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएको छ । थप कोरोना भेटिएसगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् ।
साउन ६ गते लेखा र प्रबन्ध शाखाँमा कार्यरत दुई हवल्दार र एक जवान गरी ३ जना सुरक्षाकर्मीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरक्षाकर्मीमा संङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिला सहित १८ जनामा कोरोना संङक्रमण प्रमाणित भएको हो । स्वाब लिएका मध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।
सोमबार संङक्रमित पुष्टी भएकामा प्रहरी प्रमुख सहित, दुई जना असई, छ जनाा हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।