विराटनगर । प्रदेश १ प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाइरस पोजिटिभ देखिएकोमा प्रहरी मात्रै १९ जना रहेका हुन् ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले सङ्क्रमित प्रहरीलाई पीयू कोभिड आइसोलेसन अस्पताल गोठगाउँ उपचारका लागि भर्ना गरिएको जानकारी दिए ।
आज प्रदेश १ मा १२ जना डिस्चार्ज भएका छन् ।