ललितपुर । संघीय सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउन हटाए पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च सम्भावना रहेको भन्दै गाईजात्रा नमनाउन गोदावरी नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।
गाइजात्रा पर्व विशेषगरी नगरको चापागाँउमा ठूलो भिडभाड भई मनाउने र भिडभाडबाट भाइरस सर्ने सम्भावना उच्च भएको भन्दै यस वर्षको पर्व नमनाउन आग्रह गरेको हो ।
गोदावरी नगरपालिकाभित्र मुख्य गरी गाईजात्रा अन्तर्गत मत्याः, रोपाई जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, भीडभाडजन्य कार्यक्रम नगर्न अनुरोध आग्रह गरेको नगरप्रमुख गजेन्द्र महर्जनद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
