Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक पक्राउ

स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक पक्राउ

दैनिकी न्यूज

९, श्रावण २०७७
स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक पक्राउ
images

काठमाडौं । स्रोत नखुलेको करिब २० लाख रकमसहित एक व्यक्ति पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजारबाट स्याङ्जा जिल्लाको कालीगण्डकी– ४० वर्षका ढुन्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।

उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । हुण्डिको कारोवार गरिएको बिवरण सहित आज पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने अपराध महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरेको उनीमाथि आरोप छ ।

mo.PNG

 

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १६:५०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology