Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मर्स्याङदी गाँउपालिका इन्जिनियर अख्तियारको फन्दामा

मर्स्याङदी गाँउपालिका इन्जिनियर अख्तियारको फन्दामा

दैनिकी न्यूज

९, श्रावण २०७७
मर्स्याङदी गाँउपालिका इन्जिनियर अख्तियारको फन्दामा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङलाई बिहीबार नियन्त्रणमा लिएको छ।

इन्जिनियर मण्डल र असिस्टेन्ट सव–इन्जिनियर गुरुङले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा जनही ५० हजारका दरले घुस माग गरी ४ लाख रुपैयाँ लिएको अख्तियारले जनाएको छ।

उनीहरु दुवै जना राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत हुन् ।

विशेष सूचना तथा उजुरीको आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा उनीहरुलाई बेशीशहर बजारबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १६:०४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology