वीरगञ्ज । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका ५ जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पाँच जना भारतीयसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ ।
बिहीबार राति अबेर आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालय, श्रीपुरको थुनुवाकक्षमा रहेका ५ जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए ।
पाँच जना थुनुवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय, श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।