Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि वर्षा कम हुँदै जाने, मौसममा सुधार आउन अझै केही दिन लाग्ने

आजदेखि वर्षा कम हुँदै जाने, मौसममा सुधार आउन अझै केही दिन लाग्ने

दैनिकी न्यूज

९, श्रावण २०७७
आजदेखि वर्षा कम हुँदै जाने, मौसममा सुधार आउन अझै केही दिन लाग्ने
images

काठमाडौँ । मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हालको मौसमको अवस्था

देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही  स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का  एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी  प्रदेश, प्रदेश ५  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश, गण्डकी  प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी वर्षाको  समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश र  प्रदेश ५ का एक वा दुई स्थानमा  भारी वर्षाको  समेत  सम्भावना रहेको छ।

साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - ०७:४९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology