काठमाडौं । श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने फैसला सुनाएको थियो ।
हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । सर्वोच्चको आदेशपछि सजाय भुक्तान गरेर उनी आज जेलमुक्त भएका हुन् ।
उनले २०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेका थिए । गीताको हत्या गरी पोको पारेर जलाएको अभियोग पुष्टि भएपछि उनी सर्वस्वसहित कारागार चलान भएका थिए ।