ललितपुर । नेकपा (विप्लव समूह) का ललितपुर महानगर ईन्चार्ज बज्र भन्ने महेश बज्राचार्य पक्राउ मंगलबार परेका छन् ।
नेवाः समुदायलाई उक्साउने किसिमको प्रेस विज्ञप्ती प्रकाशित गरी एक आपसमा सद्भाव कायम गरी वसेको विभिन्न जातजाति एवं सम्प्रदायविचको सुमधुर सम्वन्धलाई खलल पार्ने किसिमले उक्साउने, नभए नगरेको कुराहरुको अफवाह फैलाउने, प्रचार प्रसार गर्ने जस्ता कार्यहरुमा संलग्न रहेको अभियोगमा उनलाई ललितपुर–१६ सोठ गणेश मन्दिर नजिकबाट पक्राउ गरेको हो । उनलाई झुट्टा अफवाह फैलाउन नहुने कसुर मुद्धामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताए । ।
त्यस्तै नेकपा (विप्लव समूह) का कार्यकर्ता ऐनबहादुर शाहीलाई ललितपुरको बालकुमारीबाट पक्राउ मंगलबार गरिएको छ । राज्य विरुद्द द्धेष फैलाउने, नेकपा विप्लव समुहमा आवद्ध हुनुपर्छ भनी स्थानीय छरछिमेकी एवं जनमानसलाई डर त्रासमा पारी आतंकित एवं हैरान पार्ने लगायतको गतिविधीमा आवद्ध हुंदै आएको अभियोगमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले नियन्त्रण लिई सोधपुछ गर्दा आफूहरुलाई पार्टीको माथिल्लो तहले दिएको निर्देशन बमोजिम त्यस्तो कार्यमा संलग्न हुंदै आएको र आफुहरुले त्यस्तो गतिविधी निरन्तर सञ्चालन गर्छौं भन्दै प्रहरीलाई बर्तमान नालायक सरकारका नोकर हौ, के गर्न सक्छौ भनि मुख मुखै लागि वादविवाद एवं होहल्ला गरी काम कर्तव्य पालनामा समेत वाधा अवरोध पुर्याई अभद्र व्यबहार गरेकोले पक्राउ गरिएको हो । अभद्र व्यबहार मुद्धामा अनुसन्धान भईरहेको एसपी कार्कीले जानकारी दिए ।