Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू

कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू

दैनिकी न्यूज

७, श्रावण २०७७
कोरोनाबाट महोत्तरीका ६० वर्षिय पुरुषको मृत्यू
images

काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. ३ का ६० वर्षीय एक बृद्धको मंगलबार कोरोनाका कारण मृत्यु भएको हो ।

उनी बिरामी भएपछि उपचारका लागि एक साता अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा पुगेपछि उनको स्वाब परीक्षण गरीएको र तीन दिन पछी आएको रिपोर्टमा कोरोना पुष्टि देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य कुनै रोग नभएका उनी गम्भीर अवस्थामा रहेको र आइसीयूमा राखेर उपचार भइरहेको थियो।

यससँगै नेपालमा कोरोना भइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १३:०७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology