ललितपुर । मंगलबार ललितपुरमा १ जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्ट गरेका हुन् ।
मंगलबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिका, वडा नं. ५ का ६७ वर्षिय महिला रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
योसँगै ललितपुरमा हालसम्म ८४ जना संक्रमति भेटिएका छन्, जसमध्ये महिला ३७ जना र पुरुष ४७ जना रहेका छन् ।
ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।
