Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरपालिकामा एक करोडको खाजा

ललितपुर महानगरपालिकामा एक करोडको खाजा

दैनिकी न्यूज

६, श्रावण २०७७
ललितपुर महानगरपालिकामा एक करोडको खाजा
images

ललितपुर । स्थानीय तहहरु बेथितिका अखडा बनेका छन् । स्थानीय तहका कतिसम्म बेथिति मौलाएको छ भन्ने कुरा यो वर्षको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
उपत्यकाकै ललितपुर महानगरपालिकाले खाजामा मात्र जनताको एक करोडभन्दा धेरै पैसा सिध्याएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार महानगरले १ करोड १ लाख ८१ हजार रुपैयाँ पदाधिकारीको खाजा खर्चमा सिध्याएको छ ।

अर्थात एक दिनमा महानगरपालिकाका कर्मचारीले २८ हजार रुपैयाँको खाजा खाने गरेको देखिन्छ । एक सय ३९ पदाधिकारीले यसरी खाजा खर्च दुरुपयोग गरेका हुन् । विदा बाहेक नै उनीहरुले एक दिनमा प्रति व्यक्ति दुई सय रुपैयाँ भन्दा महँगो खाजा आएको देखाएर जनताबाट असुलिएको करमा लुट हुने गरेको छ ।

कांग्रेसबाट निर्वाति मेयर चिरीबाबु महर्जनकै नेतृत्वमा यस्तो अनियमितता भइरहेको हो । यो खबर दृष्टि साप्ताहिकमा छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - ०८:३५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology