Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार १८६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा २ र ललितपुरमा १ जना, १७३ जना डिस्चार्ज

सोमबार १८६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा २ र ललितपुरमा १ जना, १७३ जना डिस्चार्ज

दैनिकी न्यूज

५, श्रावण २०७७
सोमबार १८६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा २ र ललितपुरमा १ जना, १७३ जना डिस्चार्ज
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ जनामा पिसीआर परीक्षणमा १८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे आइतबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको छ ।

आज काठमाडौंका २ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आइतबार देशभर २२ हजार २२८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ९३६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज १७३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १६:३०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology