Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आफ्नै भान्जालाई अपहरण गरी फिरौती लिएर हत्या गर्ने मामा १३ बर्षपछि प्रहरीको फन्दामा

आफ्नै भान्जालाई अपहरण गरी फिरौती लिएर हत्या गर्ने मामा १३ बर्षपछि प्रहरीको फन्दामा

दैनिकी न्यूज

४, श्रावण २०७७
आफ्नै भान्जालाई अपहरण गरी फिरौती लिएर हत्या गर्ने मामा १३ बर्षपछि प्रहरीको फन्दामा
images

काठमाडौं । आफ्नै भान्जाको अपहरण गरी हत्या गरेका राजेश कुमार गुप्ता पक्राउ परेका छन् । गुप्ताले २०६४ साल असोज २४ गते काठमाडौं–२२ खिचापोखरीबाट रोहित गुप्तालाई अपहरण गरेका थिए ।

राजेशले भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी वतन भई खिचाँपोखरी बस्ने राई स्कुल जोरपाटीमा कक्षा–७ मा अध्ययनरत वर्ष ११ को रोहित गुप्तालाई घरबाट अपहरण गरेका थिए ।

राजेशले रोहितको बुबा बासुदेब गुप्तासँग छोरा अपहरणमा परेकोले २ लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गरेका थिए । तर फिरौती रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतलासका क्रममा असोज २७ गते कमलादी स्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा लास फेला परेको थियो ।

रोहित अपहरण तथा हत्याको योजनाकार राजेश कुमार गुप्ता रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

काठमाडौं खिंचापोखरीमा कोठा भाडामा लिई धादिङ घर भएको विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बोलाई उक्त गोप्य कोठामा लगी दुबै हात पछाडी लगि नाइलनको डोरिले घाँटिमा बाँधी कस्दा रोहित गुप्ता चिच्याउन लाग्दा राजेशले रुमालले मुख थुनी दुबै जनाले घुडा समेतले थिचेर रोहितको हत्या गरेको खुल्न आएको अपराध महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
घटनामा संलग्न बिष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परी हाल कारागारमा रहेका छन् भने राजेश कुमार गुप्ता फरार थिए । खोजतलाशको क्रममा साउन ३ गते सर्लाही जिल्लाको मलंगवा–८, गोरखकालीबाट महाशाखाको टोलीले प्रक्राउ गरेको कार्कीले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १४:५०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology