Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नक्कली नोट सहित ३ जना मानिस पक्राउ

नक्कली नोट सहित ३ जना मानिस पक्राउ

दैनिकी न्यूज

३, श्रावण २०७७
नक्कली नोट सहित ३ जना मानिस पक्राउ
images

बारा । नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा बारा जिल्ला आदर्शकोतवाल–६ बस्ने नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ–५ का मनोज कुमार साह तेली र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० का सुधिर कुमार कुशवाहा रहेका छन् ।

उनीहरुलाई आज लागु औषध खरिद बिक्री, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर र बारा प्रहरीबाट खटिएको संयुक्त टोलीले खोजतलाश गर्दै जाँदा महागढीमाई स्थित बरियारपुर चोकमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । मिश्रले भने, ‘उनीहरुको शरीर तथा झोला खानतलासी गर्ने क्रममा नक्कली जस्तो देखिने नेपाली नोट एक हजारको नोट १४६५ थान, एकसयदरका नोट ७४६ थान, नक्कली भारतीय नोट पाँचस सयको २८४ थान, ५० को नोट ७०६ थान बरामद गरिएको छ ।’ यसबारे थप अनुसन्धान गरिरहेको मिश्रले बताए ।

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - २०:२१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology