काठमाडौं । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो। उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।
कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।