Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज १६७ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा १ जना, २१३ जना डिस्चार्ज भए

आज १६७ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा १ जना, २१३ जना डिस्चार्ज भए

दैनिकी न्यूज

१, श्रावण २०७७
आज १६७ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा १ जना, २१३ जना डिस्चार्ज भए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९८१ जनामा पिसीआर परीक्षणमा १६७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बिहीबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ ।

आज काठमाडौंका १ जनामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभर २३ हजार ५०० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ५६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज २१३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजसम्म ३९ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १६:२८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology