Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार अख्तियारले तीन कार्यालयमा छापा मार्‍यो, ३ जना पक्राउ

मंगलबार अख्तियारले तीन कार्यालयमा छापा मार्‍यो, ३ जना पक्राउ

दैनिकी न्यूज

३०, आषाढ २०७७
मंगलबार अख्तियारले तीन कार्यालयमा छापा मार्‍यो, ३ जना पक्राउ
images

काठमाडौं । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कार्यालयमा छापा हानेको छ । अख्तियारले आज जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल र घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँके छापा हानेको हो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ रु. ९ लाख ३४ हजार घुस रकम सहित अख्तियारले नियन्त्रणमा लएको हो । श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आधारमा आयोग टंगालबाट खटिई गएको टोलीले घुस रकम सहित दिक्तेल रुपाकोट मझुवागढी–१ स्थित वेसक्याम्प भित्र रहेको उनकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको आयोगले जनाएकोृ छ ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओलीलाई नगद ९६ हजार ३ सय घुस रकम सहित नियन्त्रणमा लिएको छ । ओलीले ठेक्का पट्टाको अनुमति–पत्र बनाई दिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई नगदसहित कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्ण बल्लभ ठाकुर १३ हजार घुस सहित नियन्त्रणमा लिएको छ । ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई नियन्त्रण कार्यकक्षबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १६:४७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology