Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रदेशसभा सदस्यमा पनि देखियो कोरोना पोजिटिभ

प्रदेशसभा सदस्यमा पनि देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

३०, आषाढ २०७७
प्रदेशसभा सदस्यमा पनि देखियो कोरोना पोजिटिभ
images

सुर्खेत । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार साँझ ती सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित भएका सांसद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - १६:०९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology