Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बालाजु वृत्तका प्रहरी निरीक्षकमा पनि देखियो कोरोना पोजिटिभ

बालाजु वृत्तका प्रहरी निरीक्षकमा पनि देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

२७, आषाढ २०७७
बालाजु वृत्तका प्रहरी निरीक्षकमा पनि देखियो कोरोना पोजिटिभ
images

काठमाडौं । बालाजु वृत्तका कार्यरत एक प्रहरीमा कोरोना देखिएको छ । वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।

५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको प्रहरी उच्च स्रोतले दैनिकीन्युजलाई बतायो । उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन । उनको हालको दरबन्दी महानगरीय प्रहरी वृत्त वालाजुमा रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०९:५८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology