ललितपुर । कोरोना संक्रमणबाट आज पाटन हस्पिटलका एक युवकको मृत्यू भएको छ ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका घर भई हाल काठमाडौं बस्ने वर्ष ३५ को एक युवकको मृत्यू भएको पाटन हस्पिटलले जनाएको छ ।
मृतक युवक असार २३ गते पाटन हस्पिटलमा उपचार गर्न आएको पाटन हस्पिटलका निर्देशक विष्णुप्रसाद शर्माले बताए । उनी लामोसमयदेखि क्षयरोगले ग्रसित थिए । उनको आज विहान ९ः४५ बजे निधन भएको हो ।
शव व्यवस्थापनको कार्य राजदल गणले गर्ने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।