Logo

आइतवार, श्रावण २४ गते २०८३

images

किस्ट अस्पतालका चार जना विरामीमा देखियो कोरोना, संक्रमित सबै ललितपुरका (सूचिसहित)

किस्ट अस्पतालका चार जना विरामीमा देखियो कोरोना, संक्रमित सबै ललितपुरका (सूचिसहित)

दैनिकी न्यूज

२५, आषाढ २०७७
किस्ट अस्पतालका चार जना विरामीमा देखियो कोरोना, संक्रमित सबै ललितपुरका (सूचिसहित)
images

ललितपुर । ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित ४ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमितहरूमध्ये महांकाल गाउँपालिका घर भई हाल ललितपुर महानगरपालिका धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छन् । अर्का पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नंं. ७ स्थायी घर भई हाल ललितपुर बालकुमारीका ११ वर्षीय बालक छन् । उनी ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए ।

यस्तै, ५५ वर्षीय पथ्थरीका समस्या भएका पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । उनी महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ । उनी हस्पिटलमा असार २१ गते आएका थिए । उपचार पश्चात घर गएका थिए ।

अर्का संक्रमित भने ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नंं. ६ आश्राङका ६६ वर्षीया महिला हुन् । उनलाई दमको समेत समस्या छ । उनी असार २० गते हस्पिटल भर्ना भएका थिए ।

बुधबार पनि भारत सितामाडि घर भई ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने २४ वर्षकी सुत्केरी महिलामा कोरोना पोजिटिभ देखिएको थियो । ती महिला असार १९ गते सुत्केरी भएकी थिइन ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १६:१२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology